पश्चिम नवलपरासी — पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ । पाल्हिनन्दन गाउँपालिका-५ , हर्दीका २० वर्षका सूर्यकुमार बढईको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराका अनुसार आफ्नै घरमा सुतिरहेको समयमा आइतबार राति घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको बताए । शवलाई जिल्ला अस्पताल परासीमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।