कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

सर्पले टोकेर बालकको मृत्यु 

श्रावण १०, २०८१
सर्पले टोकेर बालकको मृत्यु 

परासी — पश्चिम नवलपरासीको सुनवलमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । सुनवल नगरपालिका-२ बस्ने ४ वर्षको बालक सामुल नेपालीको मृत्यु भएको हो ।

घरको कोठाभित्र खेलिरहेको अवस्था सर्पले टोकेको प्रहरीले जनाएको छ । उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएपनि उपचारको क्रममा मृत्यु भएको थियो ।

गर्मी बढेपछि जिल्लामा सर्पदंशका बिरामी बढेका छन् । जिल्ला अस्पतालमा दैनिक जसो सर्पले टोकेका बिरामी आउने गर्दछन् ।

प्रकाशित : श्रावण १०, २०८१ १४:२२
x
×