कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

बारीमा मुसा मार्न राखेको विषादी सेवन गर्दा चार वर्षीया बालिकाको मृत्यु, अर्की एक बालिका बिरामी

गुल्मी — मुसा मार्नका लागि प्रयोग गरिने मल्हम सेवन गर्दा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका-१ ठाटिकाचौर निवासी ४ वर्षीया बालिका प्रिन्सा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएपपी शंकर पोखरेलले बताए ।

प्रहरीका अनुसार प्रिन्साले बारीमा राखेको मुसा मार्ने मल्हम सेवन खाएर बिरामी परेकी थिइन् । उनको उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । आमाहरु बारीमा झार गोड्न लागेका बेला प्रिन्सा र छिमेकी बसुन्धरा सुनारकी ५ वर्षीया छोरी दिपशिखाले नाम नखुलेको मुसा मार्न प्रयोग हुने मल्हम खाई वान्ता गरेका थिए ।

त्यसपछि दुवै जनालाई उपचारका लागि मेडिकल लगिएको थियो । मेडिकलको उपचारले निको नभएपछि बिहीबार बिहान गुल्मी जिल्ला अस्पताल ल्याएकोमा अस्पतालले प्रिन्सालाई मृत घोषणा गरेको थियो।

दिपशिखालाई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको छ । विषादीको जथाभावी प्रयोग हुन थालेकोले विषादी बिक्री वितरणमा कडाइ गरिने प्रहरीले जनाएको छ ।

विषादीको प्रयोगबारे सचेतना जगाउन डिएसपी पोखरेलले मिडिया र सरोकारवालासाग आग्रह गरे ।

प्रकाशित : असार २७, २०८१ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×