कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

बर्दियामा करेन्ट लागेर एक जनाको मृत्यु

कमल पन्थी

बर्दिया — बारबर्दिया नगरपालिका–९ कतरनियाका करिब ५० वर्षका एक पुरुषको बुधबार करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय गोपाल थारु सोही पालिका–११ लम्की फाटास्थित भूपेन्द्र राना भाटको घरमा मिटर जडान गर्ने क्रममा विद्युत्‌को पोलमाथि चढ्दा करेन्ट लागेर खसेका थिए ।

पोलबाट खसेर गम्भीर घाइते बनेका थारुको उपचारका क्रममा नगर अस्पताल जयनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालले जनाए ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको डीएसपी अर्यालले बताए ।


प्रकाशित : असार २६, २०८१ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×