कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

पाल्पामा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते 

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पाल्पामा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते 

बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटर सोही दिशा तर्फबाट आउँदै गरेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा एक–आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा परी रुपन्देही तिलोत्तमा नगरपालिका–४, डिंगरनगरका २१ वर्षीय विवेक अधिकारीको मृत्यु भएको छ । प्रहरी चौकी दोभानबाट प्रहरी टोली खटिई घाईतेहरुको उद्दार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएकोमा डाक्टरद्वारा स्कुटर चालक विवेकलाई मृत घोषणा गरेका थिए ।

स्कुटरको पछाडि बस्ने उनकै बहिनी १७ वर्षीय रश्मी अधिकारी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । घाइते रश्मीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको छ । दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २६, २०८१ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×