कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

लुम्बिनीमा जसपाका कृषिमन्त्रीले दिए राजीनामा

सरकारबाट बाहिरियो जसपा
घनश्याम गौतम

बुटवल — लुम्बिनी प्रदेश सरकारमा कृषि तथा भूमि व्यवस्थामन्त्री रहेका जसपाका भण्डारीलाल अहिरले बुधबार राजीनामा दिएका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेतासमेत रहेका मन्त्री अहिरले मुख्यमन्त्री जोखबहादुर महरा समक्ष राजीनामा बुझाएका हुन् ।

लुम्बिनीमा जसपाका कृषिमन्त्रीले दिए राजीनामा

जसपाले कांग्रेस–एमालेको समीकरणमा सहभागी हुने निर्गणय गरेको छ । लुम्बिनीमा जसपाका ३ प्रदेश सभा सदस्य छन । समीकरण फेरिएको र एमाले कंग्रेसको नयाँ समीकरणलाई समर्थन गर्ने निर्णयअनुसार माओवादी नेतृत्वको सरकारबाट बाहिरिएको जसपाका महासचिव इस्तियाक राईले बताए ।

लुम्बिनी प्रदेश सभामा बाँकेबाट निर्वाचित अहिर जसपा संसदीय दलको नेता हुन् । उनी यसअघि तीन वटा मुख्यमन्त्री हुँदा तीनै पटक सरकारमा सहभागी भएर तीन पटक नै कृषि तथा भूमि व्यवस्थामन्त्री रोजेका थिए ।

प्रकाशित : असार २६, २०८१ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×