कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

सुनवलमा बेवारिसे शव फेला

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सुनवलमा बेवारिसे शव फेला परेको छ । सुनवल नगरपालिका वडा नम्बर ६ विशासय भोर्लाबास सिँचाई बाँध नजिकै  खोलामा शव फेला परेको हो ।

सुनवलमा बेवारिसे शव फेला

खोला किनारमा शव देखेपछि प्रहरीलाई खबर गरिएको स्थानीय जीवन पौडेलले बताए ।

पुरुष ब्यक्तिको शव भएको र पहिचान हुन नसक्ने गरेर सढेको अवस्थामा शव भेटिएको हो । बाढीमा खोलाले बगाएर ल्याएको हो वा अन्य केही कारणको भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २६, २०८१ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×