कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

अझै नियन्त्रणमा आएन डेल्टा मार्टको आगलागी, १३ वटा दमकल प्रयोग

बुटवल — बुटवलको मध्य बजार मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा भएको आगलागी चार घण्टासम्म पनि नियन्त्रणमा आएको छैन । आगलागी नियन्त्रणा लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल आयल निगमसहितका १३ वटा बारुणयन्त्र प्रयोग गरिएको छ । तर, राति १०:३५ सम्म आगलागी निन्त्रण हुन सकेको छैन । 

अझै नियन्त्रणमा आएन डेल्टा मार्टको आगलागी, १३ वटा दमकल प्रयोग

बिहीबार साँझ साढे ६ बजेदेखि आगलागी सुरु भएको थियो । मेटल स्टक्चरमा निर्माण गरिएको चार तले भवनको चौथो तलामा विद्युत् सर्ट भएर आगलागी सुरु भएको अनुमान गरिएको छ । कम्प्लेक्समा स्टेशनरी, झण्डै दुई दर्जन बढी विद्यालयका तयारी पोसाक, काँचो र तयारी कपडा, खेलकुदका सामग्रीसहित नेपाली जुत्ताको बिक्री भण्डार र खाध्यान्नका सामान पनि थिए । कम्प्लेक्समा बुटवलका ठूला व्यवसायी र निजी एवं सामुदायिक विद्यालयका प्रमुख व्यक्तिहरुको पनि लगानी रहेको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले चौथो तलाबाट सुरु भएको आगलागी भुइँतलासम्मै फैलिएको र कम्प्लेक्सभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको बताए । झण्डै ३० हजार स्क्वायर फुट क्षेत्रफलमा फैलिएको कम्प्लेक्समा २ सय बढीले रोजगारी पनि पाएका थिए ।

आगलागीको आधा घण्टामा तीन दमकलले आगलागी नियन्त्रण प्रयास गर्दा पनि नियन्त्रणमा आउन नसकेपछि बुटवल आसपासका स्थानीय तह, आयल निगम र विमानस्थलको बारुणयन्त्रसमेत प्रयोग गरिएको थियो । ‘आवश्यकताअनुसारको प्रविधि र यन्त्र सबै प्रयोग गर्दा पनि समयमै आगलागी नियन्त्रण हुन सकेको छैन,’ उनले भने, ‘चौथो तलाबाट भुइँतलासम्मै सामान र भवन नष्ट भएको छ ।’ आगलागीको कारण खुल्ने अवस्था तत्काल नरहेको उनले बताए ।


प्रकाशित : असार ६, २०८१ २२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×