कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

कानुन निर्माणमा तीनै तहको समन्वय आवश्यक : सभामुख घर्ती

गगनशिला खड्का

गुल्मी — लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले कानुन निर्माणमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताएका छन् । 

कानुन निर्माणमा तीनै तहको समन्वय आवश्यक : सभामुख घर्ती

बिहीबार गुल्मीको सदरमुकाम तम्घासमा लुम्बिनी प्रदेशसभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा सञ्चालनसम्बन्धी अन्तरक्रियामा सभामुख घर्तीले कानुन निर्माणमा एकरुपता ल्याउनका लागि तीन तहबीच समन्वय आवश्यक रहेको बताएका हुन् । अलग-अलग तरिकाले कानुन निर्माण गर्दा तीनवटै सरकारले निर्माण गरेका कानुनहरु एक आपसमा बाझिन सक्ने भन्दै उनले त्यसका लागि पनि लुम्बिनी प्रदेशले बौद्धिक बहसको जरुरी रहेको बताए ।

‘निश्चित विधिमा टेकेर चल्नका लागि, विधिसम्म तरिकाले जानका लागि बौद्धिक बहसको आवश्यक छ, ’ उनले भने, ‘त्यसका लागि संघ, प्रदेश र स्थानीय तहको समन्वयको सुरुआत लुम्बिनी प्रदेशले गरेको छ ।’

‘अधिकांश स्थानीय तहमा कानुन निर्माण तथा सभा सञ्चालन विधिसम्मत नभएको हुँदा संवैधानिक प्रावधानअनुसार विधिसम्मत बनाउनु जरुरी भएको उनले बताए । लुम्बिनी प्रदेशसभाले विधेयक कसरी प्रस्ताव गर्ने, कसरी पास गर्ने लगायतका विषयमा जानकारीका लागि स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम सुरुआत गरेको छ । यो सात प्रदेशमध्येकै पहिलो अभ्यास भएको उनको दाबी छ ।


प्रकाशित : जेष्ठ ३१, २०८१ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×