कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

पाल्पामा कार दुर्घटना : ३ जनाको मृत्यु, २ घाइते 

माधव अर्याल

पाल्पा — पाल्पाको नुवाकोट गढीबाट बुटवल जाँदै गरेको कार दुर्घटना पर्दा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 

पाल्पामा कार दुर्घटना : ३ जनाको मृत्यु, २ घाइते 

बुधबार राति लु २ च ८५३१ नम्बरको कार दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेहरूमा बुटवल उपमहानगरपालिका–१०, का ५५ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका–३, की ६७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त कार सडकबाट झन्डै सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।

तिनाउ गाउँपालिका–२, नुवाकोट पाल्पा पुगेर बुटबल बेलवास झर्ने क्रममा भ्यू प्वाइन्टनजिकै दुर्घटनामा परेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरू बुटवल मिलनचोककी चन्दा श्रेष्ठ र बुटवल होराइजन चोककी लक्ष्मीता श्रेष्ठको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।


प्रकाशित : जेष्ठ ३१, २०८१ ०५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×