कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

पाल्पामा करेन्ट लागेर एक मजदुरको मृत्यु 

माधव अर्याल

पाल्पा — पाल्पाको सर्देवामा करेन्ट लागेर अर्घाखाँचीका ३१ वर्षीय बाबुराम घर्तीको मृत्यु भएको छ ।

पाल्पामा करेन्ट लागेर एक मजदुरको मृत्यु 

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७, घर भएका घर्तीको फलामको पोलमा चढी काठको पोखबाट तार फलामको पोलमा तान्ने क्रममा अचानक करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घर्ति जय दुर्गे कन्ट्रक्सनमा काम गर्दै आएका थिए । करेण्ट लागेको जानकारी हुनासाथ प्रहरी चौकी सर्देवाबाट प्रहरी सहायक निरीक्षक र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षकसहितको टोलीले अनुसन्धान अघि बढाएको छ ।

प्रारम्भिक अनुसन्धान कार्य पश्चात शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०८१ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×