कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

स्वास्थ्य बिमा बोर्डको लुम्बिनी प्रदेश कार्यालयमा तालाबन्दी

सन्जु पौडेल

तिलोत्तमा — स्वास्थ्य बिमा बोर्ड अन्तर्गतका दर्ता सहयोगीले बोर्डको बुटवलस्थित लुम्बिनी प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन् ।

स्वास्थ्य बिमा बोर्डको लुम्बिनी प्रदेश कार्यालयमा तालाबन्दी

स्वास्थ्य बिमा गराएबापत पाउने प्रोत्साहन भत्तामा १५ प्रतिशत कर लगाउने निर्णयको विरोधमा उनीहरूले बुधबार बोर्डको प्रदेश कार्यालयमा ताला लगाइदिएका हुन् । उनीहरुले बोर्डका प्रदेश कार्यालय प्रमुख जनकबहादुर साउद लगायतका कर्मचारीलाई बाहिर निकालेर कार्यालय प्रमुखको कार्यकक्ष र गेटमा तालाबन्दी गरेका थिए ।

२०७७ असोज १४ गतेदेखि लागू भएको दर्ता सहयोगीको प्रोत्साहन भत्तामा १ प्रतिशतमात्रै अग्रिम आयकर तिर्दै आएकोमा महालेखा परीक्षकको कार्यालयले यसअघि खाइपाई आएको भत्ताबाट समेत थप १४ प्रतिशत कर असुल गर्नु भन्ने निर्णय सच्याउन माग गर्दै बोर्डको प्रादेशिक कार्यालयमा तालाबन्दी गरिएको संघर्ष समिति रूपन्देहीका संयोजक विकास गहतराजले बताए ।

आफूहरूको माग सम्बोधन गर्न माग गर्दै यसअघि प्रदेश कार्यालयमा ज्ञापनपत्र बुझाए पनि कुनै सुनुवाइ नभएकोले तालाबन्दी गरिएको उनले बताए । माग तत्काल सम्बोधन नभए देशभर ६ हजारको संख्यामा रहेका दर्ता सहयोगीले बोर्डको केन्द्रीय कार्यालय र स्वास्थ्य मन्त्रालय घेराउ गर्ने उनीहरूको चेतावनी छ ।

प्रकाशित : जेष्ठ ३०, २०८१ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×