कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

बस र पिकअप ठोक्किँदा एकको मृत्यु 

मनोज पौडेल

कपिलवस्तु — पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित कपिलवस्तुको बुद्धभूमि नगरपालिका-४ झडुलामाई मन्दिर घुम्ती नजिक यात्रुवाहक बस र आँप बोकेको पिकअप एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएकोछ ।

बस र पिकअप ठोक्किँदा एकको मृत्यु 

मंगलबार बिहान साढे ५ बजे तिर काठमाडौंबाट सुर्खेत जाँदै गरेको क.प्र.०२–००१ख०५२५ नम्बरको बस र चन्द्रौटाबाट बुटवल जाँदै गरेको लु१च ९२८४ नम्बरको जिप एक आपसमा ठोक्किँदा शिवराज नगरपालिका–६ बस्ने पिकअप चालक ३३ वर्षीय हिरालाल बढईको घटनास्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निरीक्षक अनिश भण्डारीले बताए ।

पिकअपमा च्यापिएका चालक बढईको २ घण्टापछि उद्धार गरिएको थियो । पिकअप सहचालक र बसका ८ घाइतेको गोरुसिंगेस्थित नीजि पोलीक्लिनिकमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।

प्रकाशित : जेष्ठ २९, २०८१ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x