कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

टिपर दुर्घटनामा चालकको मृत्यु, दुई घाइते 

काठमाडौँ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७ देउरालीबाट नेटातर्फ जाँदै गरेको ना ८ ख ६६४४ नम्बरको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

टिपर दुर्घटनामा चालकको मृत्यु, दुई घाइते 

दुर्घटनामा परी गम्भीर घाइते सन्धिखर्क नगरपालिकाको खाँचीकोट निवासी ३६ वर्षका रामलाल पुरीको उपचारको क्रममा तम्घास अस्पतालमा मृत्यु भएको हो । सन्धिखर्क-७ का २३ वर्षका रिसव केसी र शितगंगा नगरपालिका-२ का २९ वर्षका नवीन घिमिरे घाइते रहेका छन् ।

उनीहरूको थप उपचार लुम्बिनी मिसन अस्पताल पाल्पामा उपचार भैरहेको प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरले बताए ।


प्रकाशित : जेष्ठ २९, २०८१ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x