२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

बोक्सीको आरोप लगाएर कुटपिट गर्ने पक्राउ 

माधव अर्याल

पाल्पा — बोक्सीको आरोप लगाएर महिलालाई कुटपिट गर्ने बगनासकाली गाउँपालिका–९, चापपानीका २९ वर्षीय पदम बस्याल पक्राउ परेका छन् ।

बोक्सीको आरोप लगाएर कुटपिट गर्ने पक्राउ 

छिमेकी एक महिलालाई निलडाम हुने गरी कुटपिट गरेको आरोप बस्याललाई लागेको छ । पीडित महिला भैंसीलाई लागो (झारपुकको भाषा) लागेको भन्दै झारफुक गर्न घरमा अक्षता लिएर आएको र सोही समयमा बस्यालले पीडित महिलालाई नै बोक्सीको आरोपमा कुटपिट गरेको आरोप लागेको छ ।

महिलाको आँखामा बोक्सी भएको आरोप लगाएर लौरो र हातले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए । पक्राउ परेका बस्यालमाथि बोक्सीको आरोप कसुरमा अनुसन्धान भइरहेको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ । कुटपिटबाट घाइते भएकी ती महिलाले बोक्सी आरोप कसुर अर्न्तगत कारवाही गर्न माग गर्दै प्रहरीमा निवेदन दिएको छन् । घाइते महिलालार्ई छिमेकी आएर उद्दार गरेको स्थानीयले बताए । बस्यालले विगतदेखि नै गाउँमा झारफुक गर्दै आएका थिए ।

गौहत्या गर्ने पक्राउ

जिल्लाको रामपुरमा गोरु हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोदालो प्रहार गरी गोरु हत्या गर्ने रामपुर नगरपालिका–९ का ५२ वर्षीय तारानाथ नेपाली र पूर्वखोला गाउँपालिका–१, सिलुवाका ३८ वर्षीय तिलकराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

गत मंगलबार रामपुर नगरपालिका–९ का तारानाथको गोठमा रहेको गोरुलाई उनीहरुले कोदालो प्रहार गरी हत्या गरेको आरोप लागेको हो । गोरु हत्या गरेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

दुबै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ११, २०८१ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?