३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

झ्याल र गोजीबाट आएका योजनालाई बजेट दिँदैनौं : मुख्यमन्त्री महरा

देउखुरी — लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विगतमा जस्तै झ्याल, गोजी र चोर बाटोबाट आएका योजनालाई प्राथमिकता नदिइने बताएका छन् । 

झ्याल र गोजीबाट आएका योजनालाई बजेट दिँदैनौं : मुख्यमन्त्री महरा

लुम्बिनी प्रदेशका स्थानीय तहका स्थानीय सरकारका प्रवक्ताको भूमिका तथा जिम्मेवारी विषयक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले जनताको पक्षमा र समग्र जनताको हित हुने गरी योजना छनोट गरेर प्रदेश सरकारसँग मात्रै बजेट माग गर्न आउन आग्रह गरे । प्रशिक्षणमा लुम्बिनीका ३९ स्थानीय तहका प्रवक्ता उपस्थित भएका छन् ।

बिहीबार बुटवलमा भएको प्रशिक्षणमा सबै जनतालाई सुसूचित गर्न स्थानीय तहमा प्रवक्ता राखिएकाले त्यहीअनुसार काम गर्न उनले प्रवक्तालाई अनुरोध गरे । कार्यालयले गरेका गतिविधि सहजरुपमा जनतालाई जानकारी दिने काममा सक्रिय रहँदै स्थानीय सरकारको कामलाई प्रभावकारी र तीन तहको सरकारलाई सहकार्य गर्ने भूमिका प्रवक्ताले खेल्नुपर्ने बताए ।

लुम्बिनी प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटको विषयमा धेरैले चासो राखेको भन्दै मुख्यमन्त्री महराले पहिलेका सरकारले लिएको राम्रा योजनालाई यसपालि पनि बजेटमा निरन्तरता दिइने बताए ।

प्रदेशका सबै वडा र पालिकामा पुग्ने गरी यो वर्षको बजेट विनियोजन गरिने जनाउँदै चुनावमा कुनै न कुनै पार्टीबाट प्रतिनिधित्व गरे पनि सेवा दिँदा साझा हुनुपर्ने उनको भनाइ थियो । पछिल्लो समय जनतालाई निराश गर्ने काम जनप्रतिनिधिले गर्न नहुने र जति काम गर्न सकिन्छ, त्यति नै बोलेर जनताको विश्वास जितेर काम गर्नुपर्नेमा मुख्यमन्त्री महराले जोड दिए ।

प्रकाशित : जेष्ठ ३, २०८१ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?