२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

शैक्षिक सुधारका लागि सुनवलमा ‘हामी सुधार्छौं हाम्रो विद्यालय’ अभियान सुरु

नवीन पौडेल

परासी — शैक्षिक सुधारका लागि पश्चिम नवलपरासीको सुनवलमा  ‘हामी सुधार्छौं हाम्रो विद्यालय’अभियान सुरु भएको छ । शैक्षिक गुणस्तर सुधारमा अभिभावक, विद्यार्थी र सरोकारवालाको अपनत्व बढाउँदै सामुदायिक विद्यालयको गुणात्मक विकासका लागि अभियान सुरु गरिएको हो ।

शैक्षिक सुधारका लागि सुनवलमा ‘हामी सुधार्छौं हाम्रो विद्यालय’ अभियान सुरु

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सुनवलको पहलमा राजनितिक दल, स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुलाई सामुहिक प्रतिबद्धता गराएर अभियानको सुरुवात गरिएको हो ।

विद्यार्थी अनुपातमा शिक्षक र भौतिक पुर्वाधारको विकास, सिकाई उपलब्धि वृद्धि, विद्यालय कर्मचारीको सरकारले तोके अनुसारको तलब सुविधा लगायतका विभिन्न योजनासहित अभियान सुरु गरिएको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सुनवलका अध्यक्ष ज्ञानहरी अर्यालले बताए ।

अभियान अर्न्तगत बाबालबालिकाको लागि स्टेशनरी बैंक, गरिक तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिकोष लगायतका १५ बुँदे प्रतिबद्धता गरिएको छ । अभियानको सफलताको शुभकामना दिँदै नगर प्रमुख विमला अर्यालले सुनवललाई शैक्षिक हबकोरुपमा विकास गर्न योजना बनाउने र सोही अनुसार स्थनीयको साथ र सहयोगको अपेक्षा गरेको बताइन् ।

प्रकाशित : वैशाख २, २०८१ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?