२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

टाइगर प्यालेस रिर्सोटद्वारा कर्मचारीलाई ट्राफिक चेतना

भैरहवा — रुपन्देहीको तिलोत्तमा–१५, स्थित पाँचतारे टाइगर प्यालेस रिर्सोटले मंगलबार सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना कर्मचारीका लागि ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

टाइगर प्यालेस रिर्सोटद्वारा कर्मचारीलाई ट्राफिक चेतना

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक बजिरसिंह बिष्टले दुर्घटना न्यूनिकरण तथा सडक सभ्यताबारे जानकारी दिएका थिए ।

व्यक्तिगत र कार्यालयको कामको शिलशिलामा हतारमा यात्रा गर्नुपर्ने भएकाले कर्मचारीले ट्राफिक नियम पालना गरेमा दुर्घटनाको जोखिम कम हुने जनाउँदैं बिष्टले जिल्लामा रहेका ठूला व्यवसायिक प्रतिष्ठानले यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

टाइगर प्यालेर रिर्सोटका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपक लेखकले कर्मचारीको सुरक्षा नै पहिलो प्राथमकिता भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको बताए ।

रिर्सोटका निर्देशक यादवप्रसाद पाण्डेले नयाँ व्यवस्थापनले आगामी दिनमा कर्मचारीको क्षमता अभिबृद्धि र सुरक्षा व्यवस्थापनकालागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । अर्का निर्देशक बिसान शाहले ठूलो प्रतिष्ठानको कर्मचारीप्रतिको उत्तरदायित्व धेरै हुने भएकाले उनीहरुको बृत्तिबिकासका लागि आन्तरिकसँगैं बाह्य ज्ञान जरुरी हुने भएकाले कार्यक्रम गरिएको बताए ।

सचेतना कार्यक्रममा एकसयभन्दा बढी कर्मचारीको सहभागिता रहेको रिर्सोटका मानव संसाधन बिभाग प्रमुख नवराज उपाध्यायले जानकारी दिए ।

प्रकाशित : चैत्र २०, २०८० १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याए सम्बन्धित पक्षबाट क्षतिपूर्ति भराउने गृहमन्त्रीको निर्णय कस्तो लाग्यो ?