२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

लुम्बिनीको दोस्रो आवधिक योजना सार्वजनिक

देउखुरी (दाङ) — कृषि, उद्योग र पर्यटन क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि लक्षित बृहत्तर रोजगारी तथा उद्यमशीलताको विकास गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना आधारपत्र सार्वजनिक गरिएको छ । 

लुम्बिनीको दोस्रो आवधिक योजना सार्वजनिक

लुम्बिनी प्रदेश योजना आयोगले छ वटा समष्टिगत रणनीति तथा विषयगत रुपमा २ सय ४ वटा रणनीति र ८ सय २८ वटा कार्यनीति तय गर्दै आर्थिक वर्ष २०८०/०८२ र २०८५/८६ को आधारपत्र मंगलवार सार्वजनिक गरेको हो । लुम्बनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रदेश योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीले देउखुरीमा पत्रकार सम्मेलन गरी सो आधारपत्र सार्वजनिक गरे ।

समृद्ध लुम्बिनी : आर्थिक विकास, सुशासन र समुन्नतिको दीर्घकालिन सोचसहित कृषि, उद्योग, पर्यटन र हरित अर्थतन्त्रका क्षेत्रमा बृहत्तर रोजगारी र उद्यमशीलताको उपयोग र नयाँ सम्भावनाको खोजी गरिने योजना आयोगले जनाएको छ । लुम्बिनी प्रदेशमा गुणस्तरीय शिक्षा, स्वास्थ्यमा सर्वसुलभ पहुँचलाई सुनिश्चित गरी स्वस्थ्य र दक्ष मावन पुँजीको निर्माण गर्ने यसको उद्देश्य रहेको छ ।

सबै क्षेत्रमा रहेका विभेद र असन्तुलन हटाई सामाजिक न्यायमा आधारित समतामुलक समाजको निर्माण गर्ने लक्ष्य रहेको छ । त्यस्तै सेवा प्रवाह र विकासका आयाममा नवीनतम तथा परिष्कृत प्रविधिको प्रयोग मार्फत सुशासन, जवाफदेहीताको प्रत्याभूति गर्ने र विदेशी तथा स्वदेशी लगानी बढाउन नीतिगत र संरचनागत सुधार गर्ने उद्देश्य रहेका छन् ।

ऋाधारपत्रलाई चैत १६ गते योजना आयोगको पूर्ण बैठकले स्वीकृत गरेको छ । दोस्रो आवधिक योजनामा ५ वर्षमा कुल ग्राहस्थ्य उत्पादन वृद्धिदर ७.२ प्रतिशत, निरपेक्ष गरिबी १८.२० प्रतिशत, प्रतिव्यक्ति आय १५१२ अमेरिकी डलर, मानव विकास सुचाङमा ०.६१० र बाल मृत्युदर २२ प्रतिहजार पु¥याउने लक्ष्य निर्धारण गरिएको छ ।

योजना आयोगले कृषि, उद्योग, पर्यटन बृहत्तर रोजगारी र उद्यमशीलताको विकास एवं हरित तथा डिजिटल अर्थतन्त्र, अन्तरप्रदेश तथा आन्तरिक अन्तरआबद्धता, सुशासन र अनुसन्धान, अन्वेष्ण प्रविधिलाई विकासका मुख्य संवाहकको रुपमा लिएको छ ।

लुम्बिनी प्रदेशका जनप्रतिनिधि, सरोकारवाला, नीजि क्षेत्र, विकासका साझेदार, गैसस, सहकारी लगायतका विषयगत क्षेत्रसँग सरोकारा राख्ने व्यक्तिहरुसँग बृहत्तर छलफलमा आएका सुझावलाई समेटेर आधारपत्र तयार पारिएको आयोगका सदस्य डा. सुदनकुमार वलीले बताए ।

रणनीतिक महत्वका पूर्वाधारको विकास र विस्तार गर्ने, सुदृढ प्रादेशिक अर्थतन्त्र निर्माणको लागि आन्तरिक आय र राजश्वका् क्षेत्र दायरा विस्तार गर्दै स्रोत साधनको विवेकशील विनियोजन, खर्च गर्ने क्षमताको वृद्धि र आयोजनाको प्राथमिकीरकण गर्दै पूँजीगत क्षेत्रमा लगानी अभिवृद्धि गर्ने योजना बनाइएको छ । स्वस्थ्य, उत्पादनशील मानवपूँजी र ममार्यदित तथा सभ्य समाजको निर्माणका लागि जनस्वास्थ्य, स्वास्थ्य पूर्वाधार एवं प्रविधिमैत्री र जीवनोपयोगी शिक्षाको विकास र विस्तार गर्ने रहेको छ ।

मुख्यमन्त्री चौधरीले प्रदेशका गरिबी हटाएर आर्थिक रुपमा बलियो र समृद्ध नागरिक बनाएपछि मात्रै सम्पन्न प्रदेश हुने बताए । उनले लुम्बिनी सरकारलाई विभिन्न दातृ निकायले सकारात्मक रुपमा हेरेकाले विकास, सुशासन र आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएको उनले बताए । उनले आयोगको आधारपत्र प्रदेश सरकारले कार्यान्यवन गर्ने बताए ।

योजना आयोगका उपाध्यक्ष डा. केसीले दोस्रो आवधिक पञ्चवर्षीय योजनाले समग्र लुम्बिनी प्रदेशलाई हरेक क्षेत्रमा परिवर्तन ल्याउन सक्ने बताए ।

प्रकाशित : चैत्र २०, २०८० १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x