२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७१

पाटेबाघको छालासहित पक्राउ 

रुपा गहतराज

नेपालगन्ज — बाँके प्रहरीले दुर्लभ पाटेबाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका २ पुष्पलाल चोकस्थित एक होटलबाट बराहताल गाउँपालिका २ पाक्मा सुर्खेतका २८ वर्षीय चन्द्रबहादुर कार्कीलाई बाघको छालासहित पक्राउ गरिएको हो ।

पाटेबाघको छालासहित पक्राउ 

जिल्ला प्रहरी कार्यालय बाकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार पुष्पलाल चोकस्थित रोयल महाबुब होटलको तेस्रो तलामा रहेको १०१ नम्बरको कोठाबाट ५ फिट ९ इन्च लम्बाई र ३ फिट २ इन्च चौडाइ भएको पाटेबाघको छालासहित कार्की पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले तलासी गर्दा होटलको कोठामा कार्कीले कालो रङको झोलामा लुकाइछिपाइ राखेको अवस्थामा छाला बरामद गरेको थियो ।

प्रकाशित : चैत्र ७, २०८० २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महालेखापरीक्षकको प्रतिवेदनअनुसार गत वर्षभन्दा यसपाली करिब सवा २ खर्ब बेरूजु रकम बढ्नुको संकेत के हो ?