१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

थ्रेसरमा च्यापिएर देवदहमा महिलाको मृत्यु

घनश्याम गौतम

बुटवल — रुपन्देहीको देवदह नगरपालिका–४, विजयपुरमा थ्रेसर मेसिनमा परेर सोमबार राति एक जनाको मृत्यु भएको छ । देवदह–४, विजयपुरमा रहेको इन्द्रेणी प्लास्टिक उद्योगमा काम गर्ने क्रममा थ्रेसर मेसिनमा परेर एक जनाको मृत्यु भएको देवदह प्रहरी चौकीले जनाएको हो । 

प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीका अनुसार थ्रेसर मेसिनमा परेर तिनाउ गाउँपालिका–३, कोलडाँडा स्थायी घर भएका तर, हाल देवदह नगरपालिका–३, टटेरा बस्दै आएकी ५१ वर्षकी लिलासरा दर्लामीको मृत्यु भएको हो । घाइतेलाई लगत्तै लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याइए पनि डाक्टरले मृत घोषणा गरेको र अहिले पोस्टमार्टमको तयारी भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए ।

दर्लामी कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ थ्रेसर मेसिनमा परेको र तत्काल उद्धार गरी उपचारका लागि बुटवल पठाइए पनि अस्पतालले मृत्यु घोषणा गरेको कम्पनीका सञ्चालक धकेश्वर भट्टराईले बताएका छन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित : फाल्गुन २२, २०८० १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?