१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

लुम्बिनीमा थेरवाद विहार

मनोज पौडेल

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा नेपाली कला संस्कृति र मौलिकता झल्किने नेपाल थेरवाद विहार संघावास भवन शनिबार उद्घाटन गरिएको छ ।

लुम्बिनीमा थेरवाद विहार

लुम्बिनी विकास कोष उपाध्यक्ष ल्हारक्याल लामा, आठौं संघ नायक भिक्षु बोधिसेन महास्थवीर र भिक्षु महासंघ अध्यक्ष धम्मशोभन महास्थवीरले संयुक्त रुपमा उद्घाटन गरे । भवनको उद्घाटन भिक्षु संघबाट त्रिरत्न बन्दना र जयमंगल गाथा पाठ गरेर गरिएको थियो ।

बिहार भित्र बुद्ध प्रतिमा, ध्यान तथा प्रार्थना कक्ष छन् । त्यस्तै पूजा कक्ष, पुस्तकालय, भिक्षु निवास तथा अतिथि कक्ष छन् । भिक्षु महासंघद्वारा उक्त विहार करिव एक करोड ९० लाखको लागतमा उक्त विहार निर्माण गरिएको बताइएको छ ।

प्रकाशित : फाल्गुन १९, २०८० १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?