१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

५ मिनेटमै सकियो लुम्बिनी प्रदेश सभाको बैठक

वीरेन्द्र केसी

देउखुरी (दाङ) — लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक ५ मिनेट १७ सेकेण्ड मात्रै बसेर सम्पन्न भएको छ । यसअघि लुम्बिनी प्रदेशसभाको बैठक गत भदौं २६ गते बसेको थियो । 

५ मिनेटमै सकियो लुम्बिनी प्रदेश सभाको बैठक

शुक्रबार दिउँसो ३ बजे बसेको दोस्रो प्रदेशसभाकोे पहिलो बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन आव्हान सम्बन्धी पत्र पढेर सुनाए ।


लुम्बिनी सरकारको मन्त्रिपरिषद्मा कार्यविभाजन हेरफेर भएको सुचना पढेर सुनाएपछि दोस्रो बैठक शनिबार दिउँसो २ बजे बस्ने गरी स्थगित भयो । प्रदेश सभाको दोस्रो अधिवेशनमा प्रदेश प्रमुखकको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकको बारेमा प्राप्त भएका पत्रबारे सभामुख घर्तीले सदनलाई जानकारी गराएका हुन् ।


लुम्बिनीले प्रदेश निजामित सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण भएको र सरकारले हिउँदे अधिवेशनमा स्थानीय तहका कर्मचारीको विधेयक सहित चार वटा विधेयक दर्ताको तयारी गरेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित : फाल्गुन १८, २०८० १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?