१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

नेपालगन्जमा किरियापुत्री भवन बन्दै 

रुपा गहतराज

नेपालगन्ज — नेपालगञ्ज उपमहानगरपालिकामा पहिलो किरियापुत्री भवन बन्ने भएको छ । उपमहानगरपालिका र वडा नम्बर ४ को सहयोग र समन्वय तथा विभिन्न व्यक्तित्वहरुको स्वःस्फूर्त सहयोगबाट किरियापुत्री भवन बन्न लागेको हो।

नेपालगन्जमा किरियापुत्री भवन बन्दै 

सर्बसाधारणलाई काजकिरिया गर्न सहजताका लागि नेपालगन्ज वडा नम्बर ४ स्थित शिव पार्वती मन्दिरको सामुन्ने किरियापुत्री भवन बन्न लागेको हो ।भवनमा महिला र पुरुषका लागि अलग-अलग काजक्रिया गर्ने ब्यवस्था मिलाइएको छ ।

किरियापुत्री भवनको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले बिहिबार शिलान्यास गरे । करिब ६० लाखको लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको निर्माण समितिका अध्यक्ष सेमराज शाक्यले बताए ।

के.एस. इन्जिनियरिंग एण्ड विल्डर्स निर्माण गर्न थालेको किरियापुत्री भवन दुई तले हुनेछ । दुई वटा परिवारले एकसाथ किरिया गर्न मिल्ने गरी घर बनाउन थालिएको शाक्यले सुनाए ।

शिलान्यास कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, समाजसेवी एवम् दाताहरु माधवी शाह, डा. सावित्रा कक्षपति, माधवराम बर्मा लगायतको सहभागिता थियो ।

प्रकाशित : फाल्गुन १७, २०८० २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?