कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालगञ्जमा पौवाको १३ औं शाखा

रुपा गहतराज

नेपालगन्ज — हस्पिटालिटीको ब्राण्डिङ गर्ने लक्ष्यसहित होटल पौवाले नेपालगन्जमा आफ्नो १३ औं शाखा खोल्ने भएको छ। सात वर्षअघि स्थापना भएको होटल पौवाले नेपालगन्जमा आफ्नो १३ औं शाखा विस्तार गर्दै बिहीबार सुविधासम्पन्न होटलका लागि भवनको शिलान्यास गरेको छ । 

नेपालगञ्जमा पौवाको १३ औं शाखा

होटल पौवा प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले पूजापाठ गर्दै होटलको शिलान्यास गरे । दुई वर्षमा निर्माण कार्य सम्पन्न हुने र त्यसपछि ग्राहकलाई सेवा प्रवाहको तयारी छ ।

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मुल आदर्शलाई आत्मासाथ गर्दै नेपाली पर्यटन बजारमा प्रवेश गरेको होटल पौवाको नेपालगन्जमा सञ्चलन हुने १३ औं शाखामा फरक-फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, ४ वटा ठुलो सभा हलसहित १४ वटा मिटिङ हल, ७ वटा स्वीट रुमसहित ८० वटा डिलक्स रुम उपलब्ध हुनेछन् ।

नेपाली पर्यटन बजारको पश्चिमको मुल ढोकाको रुपमा रहेको नेपालगन्जको पर्यटन उद्योगलाई मध्यनजर गर्दै पाँच तारे सुविधा सहितको होटल सञ्चालनको सुरुवात गरेको अध्यक्ष भण्डारीले बताए ।

प्रकाशित : फाल्गुन १७, २०८० १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?