२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

खोलामा डुबेर विद्यार्थीको मृत्यु

घनश्याम गौतम

बुटवल — चरंगेको त्रिशूली खोलामा डुबेर नविन माध्यमिक विद्यालयका एक विद्यार्थीको ज्यान गएको छ । 

रुपन्देहीको देवदह नगरपालिका–१० चरंगेको त्रिशूली खोलामा डुबेर बिहीबार सिलव रायमाझीको मृत्यु भएको हो । रायमाझी साथीहरुसँगै घुम्न गएका थिए ।

पाल्पा घर भएका उनी तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा बसेर पढ्दै आएका थिए । उनी अन्य ६ जना साथीहरुसँगै घुम्न गएको र गर्मी भएपछि पौडी खेल्ने क्रममा खोलामा डुबेका थिए । साथीहरुले उद्धार गरेर लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले बताए ।

पौडी खेलेर फर्किने क्रममा शरीरमा हिलो लागेको देखेपछि सिलव पखाल्न भन्दै पुनःखोलामा गएपछि चिप्लिएर डुबेको सँगै गएका साथी बिप्लव पुरीले बताए । प्रहरीले पुरीसहित अन्य ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : फाल्गुन १०, २०८० १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?