२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

लुम्बिनीको प्रदेशसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

वीरेन्द्र केसी

देउखुरी (दाङ) — लुम्बिनी प्रदेशसभाको तेस्रो बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने भएका छन् । हिउँदे अधिवेशनको १९ गते बस्ने बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए ।

लुम्बिनीको प्रदेशसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

बुधवार चौधरी र प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले दाहाललाई सिंहदरबारमा भेटेर निमन्त्रणा दिएका छन् । प्रदेशसभाका सचिव दुर्लभ पुन मगरका अनुसार हिउँदे अधिवेशन १८ फागुनबाट सुरु हुने छ । पहिलो दिनको बैठकमा प्रदेशसभामा रहेका सबै दलका नेताहरुले हिउँदे अधिवेशनको शुभकामना दिनेछन् ।

प्रधानमन्त्री दाहालको सम्बोधनसँगै प्रदेशसभामा संवैधानिक आयोगका प्रतिवेदन पेश गर्ने अहिलेसम्मको कार्यसूची रहेको उनले बताए ।संवैधानिक आयोगहरुले प्रदेश प्रमुखलाई बुझाएका प्रतिवेशनलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सभामा पेश गर्ने र सभामुखले सम्बन्धित विषयगत समितिमा पठाउने र समितिले प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची रहेको पुनले बताए ।

महालेखा परीक्षक कार्यालय, जनजाति आयोग, थारु आयोग, मुस्लिम आयोग, प्राकृतिक स्रोत तथा वित्तीय आयोग लगायतका प्रतिवेदनहरु पेश गर्ने कार्यसूची रहेको छ ।

प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधार १ बमोजिम दोस्रो लुम्बिनी सभाको तेस्रो हिउँदे अधिवेशन फागुन १८ गते दिउँसो ३ बजे आह्वान गरेपछि प्रदेशसभाको बैठक बस्न लागेको हो ।

प्रकाशित : फाल्गुन ९, २०८० १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?