कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पिकनिक खाएर फर्किएका ६० जना बिरामी

कमल पन्थी

बर्दिया — सामूहिक पिकनिक खाएर फर्किएका जिल्लाको मधुवन नगरपालिका–९, गुर्भाटोलका ६० जना स्थानीयबासी बिरामी परेका छन् । उनीहरुको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । 

पिकनिक खाएर फर्किएका ६० जना बिरामी

अस्पतालका मेडिकल सुपरिन्टेन डाक्टर सुभाष पाण्डेयका अनुसार बिरामीमध्ये महिला ४४ र पुरुष १६ जना रहेका छन् ।

बिरामीमध्ये १ वर्षका बालकदेखि ७० वर्षका बृद्धसम्म रहेका छन् । जसमध्ये ५ वर्ष मुनिका ९ जना बालबालिका रहेका छन् । आइतबार दिउँसो पिकनिक खाएर फर्केका राति बिरामी भई प्राथमिक उपचारपछि जिल्ला अस्पताल गुलरियामा उपचारका लागि आएका हुन् । हालसम्म ३३ जना बिरामी उपचारपछि घर फर्केका छन् ।

अन्य २७ जनाको उपचार भई रहेको डा. पाण्डेयले बताए । तीमध्ये २ जनाको अवस्था गम्भीर छ । अन्यको अवस्था सामान्य रहेको छ । उपचारर्थ आएका सबैलाई बर्दिया अस्पताल सामाजिक सेवा ईकाइको विपद् प्राकृतिक प्रकोप शीर्षकबाट निःशुल्क उपचार गराइरहेको उनले जनाए ।

प्रकाशित : फाल्गुन ७, २०८० २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?