११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

भारतीय नागरिकसहित दुई पक्राउ

कान्तिपुर संवाददाता

बर्दिया — भारत उत्तरप्रदेश राज्य बहराईच जिल्ला थरिपुरी गाउँ आव पञ्चायतका करिब २२ वर्षीय सुजित कुमार र बर्दिया, बारबर्दिया नगरपालिका–४ का करिब १८ वर्षीय अमन थारुलाई लागूऔषध ब्राउन सुगर जस्तै देखिने खैरो पदार्थसहित सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

भारतीय नम्बरप्लेट युपी–४०एके १५५६ मोटरसाइकल जाँच गर्दा १२ ग्राम ३ सय २० मिलीग्राम उक्त पदार्थ बरामद गरेको सशस्त्र प्रहरी बल राजापुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव डीएसपी तिलकराम अर्यालले सुजित कुमारको जिन्स पेन्ट जाँच गर्दा प्लास्टिक भित्र लुकाएर ल्याएको उक्त पदार्थसहित पक्राउ गरिएको बताए । उनले आवश्यक अनुसन्धान सुरु गरिएको जनाए ।

प्रकाशित : फाल्गुन १, २०८० १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?