१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

हजुरबुवा र नाति मृत फेला

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा एकै परिवारका दुई जना मृत फेला परेका छ्न् । सुस्ता गाउँपालिका-३ मर्चहवामा ६५ वर्षका यक्षलाल चमार र ११ वर्षिय गौचरण चमार मंगलबा बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरु एकै घरका हजुरबुवा र नाति हुन् ।  

हजुरबुवा र नाति मृत फेला

गण्डक ब्यारेज नारायणी नदीको ५ नम्बर ठोकर नजिकै बसोबास गर्ने उनीहरुको हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी रेशम बोहोराले बताए ।

मंगलबार बिहान बिहान स्थानीयले नाति र हजुरबुवा दुवैलाई मृतअवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।अहिले घटनास्थलमा प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : फाल्गुन १, २०८० ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?