११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

मानव अधिकार संगठनको अध्यक्षमा अर्याल 

माधव अर्याल

पाल्पा — पाल्पाको तानसेनमा सोमबार सुरु नेपाल मानव अधिकार संगठनको १५ औं राष्ट्रिय सम्मेलनले केन्द्रीय अध्यक्षमा इन्द्रप्रसाद अर्याललाई चयन गरेको छ । 

मानव अधिकार संगठनको अध्यक्षमा अर्याल 

सम्मेलनले अध्यक्षमा वरिष्ठ अधिवक्तासमेत रहेका अर्याललाई सर्वसमत चयन गरेको हो । सम्मेलनले केन्द्रीय सदस्यहरुमा कोशी प्रदेशबाट हिराबहादुर निरौला, मधेश प्रदेशबाट विमल ठाकुर, वाग्मती प्रदेशबाट राजु सिग्देल, गण्डकी प्रदेशबाट लक्ष्मीदेवी जिसी कार्की, लुम्बिनी प्रदेशबाट त्रिलोचन पौड्याल, कर्णाली प्रदेशबाट लिलाराज रोकाया, सुदुरपश्चिमबाट दिनेशराज जोसीलाई चयन गरेको निर्वाचत कमिटिका सदस्य बेदराम श्रीसले जानकारी दिए ।

केन्द्रीय सदस्यमा निर्वाचित भएकाहरुलाई नै प्रदेश अध्यक्षकोसमेत जिम्मेवारी दिइने नेपाल मानव अधिकार संगठनले जनाएको छ । सम्मेलनमा मुलुकभरबाट २ सय बढी प्रतिनिधिको सम्मेलनमा सहभागिता रहेको थियो ।

प्रकाशित : फाल्गुन १, २०८० ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?