२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

प्रधानाध्यापक दुर्व्यवहार गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता पक्राउ

वीरेन्द्र केसी

काठमाडौँ — अर्घाखाँची मालारानी गाउँपालिका–८ मा रहेको बालशिक्षा माविका प्रधानाध्यापक राजेन्द्रप्रसाद पन्थीलाई हातपात र अभद्र व्यवहार गरेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला संयोजक हुकुम खड्का र सहसंयोजक नगेश्वर पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बिहान घरबाट मोटरसाइकलमा स्कुलतर्फ जाँदै गरेका पन्थीलाई खड्का र पाण्डेले बीच बाटोमा रोकेर हातपात गरेको प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठोरले बताए । उनीहरुले पन्थीलाई अभद्र व्यवहार गरेको भिडियो फेसबुकमा राखेका थिए । पक्राउ परेका खड्का चितवन घर भएका हुन् भने पाण्डे शिक्षक पन्थीकै गाउँका हुन ।

राठोरले स्कुलको जग्गामा नेता पाण्डेले छाप्रो बनाएको र त्यो टहाउन भनेको रिसमा हातपात गरेको खुल्न आएको बताए । व्यक्तिगत रिसिइबीमा शिक्षक पन्थी माथि दुर्व्यवहार भएको उनले बताए । पक्राउपछि घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

स्कुल जानेक्रममा शिक्षकमाथि अभद्र व्यवहार गरेको भन्द्र मालारानी गाउँपालिका कावा अध्यक्ष दिपा पोखरेल, प्रमुख प्रकासशीय अधिकृत चेतनारायण कँडेलले विज्ञप्ति निकालेर विधि, पद्धति र कानुन भन्दामाथि रहेर गरिने अराजक गतिविधिमाथि आपत्ति प्रकट गर्दै कानुनी कार्बाही गर्न माग गरिएको छ ।

त्यस्तै शिक्षकका पेशागत छ वटा संघ संगठनका विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।

प्रकाशित : माघ २९, २०८० १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x