११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सडक दुर्घटना कम गर्न एएनपीआर क्यामेरा जडान

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको रोहिणी गाउँपालिकामा आइतबार अटोमेटिक नम्बरप्लेट रेकिग्नेसन (एएनपीआर) क्यामेरा जडान गरिएको छ । पालिकाको वडा नम्बर ३ अन्तर्गत भैरहवा–परासी सडकखण्डमा  गुड्ने सवारीसाधनको नम्बर प्लेट सहज रुपमा पहिचान गर्न र शान्ति सुरक्षा कायम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले एएनपीआर क्यामेरा जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।

सडक दुर्घटना कम गर्न एएनपीआर क्यामेरा जडान

इलाका प्रहरी कार्यालय, धकधईसँगको सहकार्यमा क्यामेरा जडान भएपछि अब सवारी दुर्घटनापश्चात उक्त दुर्घटनाबारे अनुसन्धान गर्न थप सजहता प्रदान हुने अध्यक्ष यादवले विश्वास व्यक्त गरे । 'औद्योगिक क्षेत्र समेत रहेको रोहिणीमा हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई मध्यनजर गर्दै दुर्घटना न्यूनीकरण गर्न यो क्यामेरा महत्वपूर्ण छ,’ उनले भने, 'प्रहरीको प्रत्यक्ष निगरानी रहने गरी क्यामरा जडान गरिएको छ ।'

इलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले कतिपय अवस्थामा जनचेतनाको कमीका कारण चालकले सवारीले ‘हिट एण्ड रन’ गर्ने भएकाले सवारीसाधनको ‘मुभमेन्ट’ पत्ता लगाउन यो प्रविधि बहुउपयोगी हुने बताए ।

पालिकाले २०८०/८१ को बजेटबाटै १० लाख रुपैयाँमा उक्त क्यामेरा जडान गरेको हो ।

प्रकाशित : माघ २९, २०८० ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?