८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

सहकारीमा देखा परेको बेथिति रोक्न सबैले सहयोग गर्नुपर्छ : मन्त्री पाण्डेय

सन्जु पौडेल

काठमाडौँ — लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले सहकारीमा देखा परिरहेको बेथिति रोक्नका लागि सबैले सहयोग गर्नुपर्ने बताएका छन् । उनले सहकारीको मूल सिद्वान्त भन्दा बाहिर गई काम गर्दा सहकारीमा समस्या देखिएको बताए।

सहकारीमा देखा परेको बेथिति रोक्न सबैले सहयोग गर्नुपर्छ : मन्त्री पाण्डेय

रुपन्देही बचत तथा ऋण सहकारी संघ लिमिटेडको १८ औं स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले सहकारीका नाममा बैमानी गर्नेहरू जो भए पनि सरकारले कानूनी दायरामा ल्याउने बताए ।

लुम्बिनी प्रदेशमा देखिएका सहकारीका समस्या समाधान गर्नका लागि सरकार तयार रहेको उनको भनाइ छ । उनले सहकारीले आर्थिक क्षेत्रमा ठुलो योगदान पुर्‍याएको स्मरण गर्दै पछिल्लो समय केही सहकारीमा देखिएको जनता ठग्ने नीतिका कारण समग्र सहकारी क्षेत्रप्रति आशंका उत्पन्न भएको बताए ।

कार्यक्रममा बचत तथा ऋण सहकारी संघ, नेपालका अध्यक्ष चन्द्र ढकालले अहिले सहकारीको डुबेको ऋण उठाउनु नै मुख्य चुनौती रहेको बताए । उनले देशका कुनै पनि सहकारीले सञ्चालकले गलत गर्ने छुट नभएको बताए । उनले सहकारीमा सुशासन कायम गर्नका लागि आफूहरू लागिरहेको बताए ।

वार्षिकोत्सव मुल समारोहको पुर्व सन्ध्यामा सोमबार बिहान बुटवलमा र्‍याली निकालिएको थियो भने आइतबार विद्यालयमा सहकारी सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको थियो ।

प्रकाशित : माघ २९, २०८० २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महासमिति बैठकमा नागरिकका मुद्दा छाडी सत्ताबारे मात्रै बहस गर्ने कांग्रेसी नेताबारे तपाईंको के टिप्पणी छ ?