कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

घोराहीमा सडक मिचेर बनाएका घर टहरा भत्काइयो

दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका–१० नारायणपुर बजारमा सडक मिचेर बनाइएका सातवटा घरटहरा भत्काइएको छ । घोराही उपमहानगरपालिकाले सोमबार डोजर लगाएर उक्त घरटहरा हटाएको हो ।

घोराहीमा सडक मिचेर बनाएका घर टहरा भत्काइयो

उपमहानगरपालिकाको न्यायिक समितिले सडक मिचेर बनाएका ती संरचना हटाउनुपर्ने निर्णय गरेपछि टहर बनाएकाहरुले उच्च अदालत तुलसीपुरमा रिट दायर गरेका थिए । उच्च अदालतले सडक मिचेर बनाएका संरचनाहरू हटाउनुपर्ने न्यायिक समितिको निर्णयलाई सदर गरेपछि उपमहानगरपालिकाले घरटहरा हटाएको हो ।

नारायणपुरका कैलाश लहरे, थम्मन महरा, गोपाल देवकोटा, निशा असगर अली मुसलमान, स्याउली चौधरी र रामशरण चौधरीले सार्वजनिक बाटोमा अवैध घरटहरा बनाएको भनी उजुरी परेपछि न्यायिक समितिले २०७४ फागुन १५ गते अवैध संरचना ठहर गरि हटाउने निर्णय गरेको थियो ।

असगर अलीकी पत्नी जयन्ता अलीले न्यायिक समितिलाई विपक्षी बनाइ उच्च अदालत तुलसीपुरमा रिट दायर गरेकी थिइन् । उक्त मुद्दामा २०७८ असोज १२ गते उच्च अदालत तुलसीपुरका न्यायाधीश रमेशराज पोखरेल र नसरुल्लाह अन्सारीको इजलासले निवेदकको रिट निवेदन खारेज गर्दै न्यायिक समितिको निर्णय सदर गरेको थियो ।

टहर बनाएर बसेकालाई पटकपटक सार्वजनिक सूचनामार्फत हटन आग्रह गरेको र अटेर गरेपछि फैसला कार्यान्वयन गरिएको नगर प्रमुख नरुलाल चौधरीले बताए । नगर प्रमुखका साथै नगर प्रहरी, कर्मचारी र जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लको नेतृत्वमा गएको टोलीले उपमहानगपालिकाको डोजरमार्फत टहरा हटाएको हो ।

प्रकाशित : मंसिर २५, २०८० २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?