कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बर्दियामा २९ तोलाभन्दा बढी सुनसहित दुई पक्राउ 

कमल पन्थी

बर्दिया — स्रोत नखुलेको २९ तोलाभन्दा बढी सुनसहित दुई जनालाई शनिबार पक्राउ गरेको छ । पक्राउ गरिएका दुई जनासहित सुन र प्रयोग गरिएको सवारी साधन आइतबार प्रहरीले सार्वजनिक गरेको हो ।

बर्दियामा २९ तोलाभन्दा बढी सुनसहित दुई पक्राउ 

पक्राउ पर्नेमा बाँके नेपालगन्ज उपमहानगरपालिका–१९ राझाका २९ वर्षीय मोहन विक र कार चालक बाँके राप्ती सोनारी गाउँपालिका–२ स्थायी घर भई डुडुवा गाउँपालिका–५ जब्दहवाका ३८ वर्षीय देवेन्द्रबहादुर घर्ती रहेको प्रहरी उपरीक्षक सुधीरराज शाहीले जनाए । उनीहरुलाई सुनका गरगहनासहित प्रदेश ३–०१–०२३–८१६८ नम्बरको हुण्डाई कारसहित पक्राउ गरिएको छ ।

ईलाका प्रहरी कार्यालय बगनाहा, मोतीपुर र कतरनियाको संयुक्त टोलीले पूर्वपश्चिम राजमार्गमा जाँच गर्दा गरगहना बरामद गरिएको प्रहरी उपरीक्षक शाहीले जनाए । प्रहरीले आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, राजापुरमा पक्राउ परेका मानिससहित गरगहना र कार बुझाएको जनाएको छ ।

प्रकाशित : मंसिर २४, २०८० १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?