१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

लुम्बिनीका गृहमन्त्री पाण्डेय भन्छन् : भैरहवा विमानस्थल चलाउन सरकारबाट हट्न तयार छु

सन्जु पौडेल

तिलोत्तमा — लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारबाट हटेर आन्दोलनको नेतृत्व गर्नुपरे आफू तयार रहेको बताएका छन् ।

लुम्बिनीका गृहमन्त्री पाण्डेय भन्छन् : भैरहवा विमानस्थल चलाउन सरकारबाट हट्न तयार छु

'सरकारमा बसेर विमानस्थल सञ्चालनका लागि आन्दोलन गर्ने भन्दै केही मानिसले भनेका छन् , सरकारबाट हटेर भए पनि नेतृत्व गर्नुपरे गरौंला,' भैरहवामा शनिबार आयोजित एक कार्यक्रममा उनले भने । मुख्यमन्त्रीको अनुमतिले नै आफू व्यवसायीको आन्दोलन कार्यक्रममा सहभागी भएको उनले बताए । नेपालको आर्थिक क्षेत्र चलायमान गराउने क्षमता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग रहेको पनि उनको भनाइ छ ।

'यहाँहरूलाई भन्न चाहन्छु यो राष्ट्रमा नेतृत्व गर्ने व्यक्तिले आन्दोलन नगरेसम्म र शक्ति नदेखाएसम्म अधिकार पाइँदैन,' उनले भने, 'अब पनि नेतृत्व गर्ने व्यक्तिले काठमाडौं भनेको नेपाल र नेपाल भनेको काठमाडौं भन्छन् भने भगवान बुद्ध जन्मिएको पवित्र ठाउँमा विमानस्थल बनेको छ र यसलाई चलाउन बुद्धका सन्तान आन्दोलन गर्न तयार छन् ।'

प्रकाशित : मंसिर २३, २०८० ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?