कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

भन्सार छली नेपाल ल्याइएका राँगा नियन्त्रणमा

रुपा गहतराज

नेपालगन्ज — बाँके प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका चार राँगा नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय हिरमिनीयाबाट खटिएको संयुक्त टोलीले डुडुवा गाउँपालिका –६ मन्सिपुरुवाबाट राँगा नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार बरामद गरिएका चार राँगाको अन्दाजी डेढ लाख रुपैयाँ छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले राँगा नियन्त्रणमा लिए पनि त्यस कार्यमा संलग्नहरु भने प्रहरीलाई देखेपछि भागेको बताए ।

प्रकाशित : मंसिर २२, २०८० १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?