१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११०

गैंडाको आक्रमणमा एक जना घाइते

कमल पन्थी

बर्दिया — खरखडाई गर्न गएका बर्दिया मधुवन नगरपालिका—३ का ७० वर्षीय पुरुषलाई गैंडाले आक्रमण गर्दा घाइते भएका छन् । शुक्रबार दिउँसो करिब १ बजे खाता जैविक मार्गको गौरी सामुदायिक वनमा गैंडाले आक्रमण गर्दा सोही ठाउॅका गहुनु चौधरी गम्भीर घाइते भएको डिभिजन वन कार्यालयका प्रमुख प्रविण बिडारीले बताए ।

गैंडाले चौधरीको शरीरको विभिन्न अंगमा प्रहार गरेको थियो । गैंडाको आक्रमणमा चौधरीको हात र पेटमा खागबाट आक्रमण भएको उनले जनाए । घाइते चौधरीलाई उपचारका लागि गुलरियास्थित जिल्ला अस्पतालमा ल्याएको थियो ।

उनको उपचार यहाँ हुन नसकेपछि कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालमा लगिएको डिभिजन वन कार्यालय,बर्दियाले जनाएको छ । उक्त घटना सदरमुकाम गुलरियादेखि करिब २५ किलोमिटर पश्चिममा पर्दछ ।

प्रकाशित : मंसिर १५, २०८० १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?