११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

बाँकेमा एचआईभी संक्रमण दर घट्यो

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा एचआईभी संक्रमण दरमा कमी आएको तथ्यांकमा देखाइएको छ । स्वास्थ्य कार्यालय बाँकेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा १७ हजार ३ सय २८ जनामा जाँच गर्दा १०९ जना संक्रमित फेला परेका छन् ।

बाँकेमा एचआईभी संक्रमण दर घट्यो

आर्थिक वर्ष २०७८/७९ मा ११ हजार ७ सय ४५ जनाको जाँच गर्दा १५७ जना संक्रमित फेला परेका थिए ।

बिहीबार ३६ औं विश्व एड्स दिवसको पूर्वसन्ध्यामा नेपालगन्ज उपमहानगरपालिकाको अगुवाइमा स्वास्थ्य कार्यालयलगायतले नेपालगन्जमा पत्रकारसँग अन्तरक्रियामा बोल्दै स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन रवीन्द्रकुमार साहले भेरी अस्पतालमा ५ सय ५६ जनाले एआरटी खाइरहेको जानकारी दिए । तीमध्ये ४१२ जना बाँकेका हुन् भने अन्य जिल्ला बाहिरका संक्रमित रहेको साहले बताए ।

०७९/८० मा ६४ जना नयाँ संक्रमित फेला परेकोमा यो भन्दा अघिल्लो वर्ष भने ८४ जना फेला परेका थिए । एएचएफका कार्यक्रम संयोजक संजय पौडेलले एचआईभी संक्रमणदरमा उल्लेख्य सुधार भएको सुनाए । भेरी अस्पतालका एड्स फोकल पर्सन डा.संकेत रिसालले एचआईभी/एड्सबारे जानकारी दिएका थिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द लगायतले बोलेका थिए । हालसम्म बाँकेमा एड्सबाट १७२ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : मंसिर १४, २०८० २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?