कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बस दुर्घटनामा आठ घाइते

कमल पन्थी

बर्दिया — बुटवलबाट धनगढी गइरहेको लु ८५७१ नम्बरको यात्रुबाहक बस बिहीबार पल्टिँदा आठ जना घाइते भएका छन । पूर्व पश्चिम राजमार्गस्थित बर्दियाको ठाकुरबाबा नगरपालिका ४ सैनावारमा बस अनियन्त्रित भइ पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

बस पल्टिँदा एक यात्रु गम्भीर भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ । अन्य सात जना सामान्य उपचारपछि घर फर्केका छन् ।

प्रकाशित : मंसिर १४, २०८० ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?