११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

गुल्मीको मालिकाका केही घर र पसलमा चोरी

गगनशिला खड्का

गुल्मी — गुल्मीको मालिका गाउँपालिका केही गाउँका घरहरुमा गत आइतबार र सोमबार राती चोरी भएको छ । आइतबार राति मालिका-७ स्थित भानुपोखरा बजार र सोमबार राति मालिका- ६ को अर्जेमा स्थानीयका घरहरुमा चोरी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक किरण सापकोटाले जानकारी दिए ।

भानुपोखरामा फेन्सी, किराना पसल र घरहरु फोडेर चोरले ७० हजार भन्दा धेरैको धनमाल चोरी गरेको उनले बताए ।

त्यस्तै अर्जेका नास्ता पसल, फलफूल पसल, स्थानीका घर लगायत ६ स्थानमा पसेर नगद गरगहना समेत चोरेर लगेको प्रहरीले जनाएको छ । क्षतीको विवरण अझै आइनसकेको उनले बताए । चोरहरुले ३ वटा घरको ताल्चा फोडेपनि चोरी भने नगरेको जनाइएको छ ।

चोरी गर्नेहरुको अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्यभान चौधरीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट र स्थानीय मर्भु तथा इश्मा प्रहरी चौकीबाट समेत अनुसन्धानका लागि प्रहरी परिचालन भएको उनले बताए ।

एकैरातमा धेरै घरमा चोरी भएकोले चोरीमा समूहकै संलग्नता रहेको हुनसक्ने प्रहरीको आशंका छ । अनुसन्धानपछि क्षतिको पूर्ण विवरण आउने प्रहरी निरिक्षक सापकोटाले जनाकारी दिए । पश्चिम गुल्मीका गाउँहरुमा हरेक वर्षजसो चोरीका घटनाहरु हुने गरेका छन् । गतवर्ष धुर्कोट लगायतका अन्य गाउापालिकामा यस्ता घटना भएका थिए । प्रहरीले सामुहिक चोरीबाट जोगिन सचेत रहन सर्वसाधरणलाई आग्रह गरेको छ ।

प्रकाशित : मंसिर १३, २०८० १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?