११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

पासोमा परेको चितुवा निकुञ्ज लैजाने क्रममा बाटोमै मर्‍यो

वीरेन्द्र केसी

अर्घाखाँची — पासोमा परेको चितुवालाई बाँके राष्ट्रिय निकुञ्जमा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका–६ नरपानी जंगलमा पासोमा परेको चितुवालाई सोमबार स्थानीयले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय, सुरक्षाकर्मी र वन कार्यालयका कर्मचारीले उद्धार गरी निकुञ्जमा लैजाने क्रममा मंगलबार सन्धिखर्क–गोरुसिंगे सडक खण्डको शीतगंगा नगरपालिकाको डाहोटेनजिकै मरेको डिभिजन वन अधिकृत ईश्वरी पौडेलले बताए ।

प्रकाशित : मंसिर १३, २०८० १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?