१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

गैडहवा तालको प्रचारका लागि सांस्कृतिक महोत्सव

अमृता अनमोल

बुटवल — विश्व सीमसार क्षेत्रमा सूचीकृत मानव निर्मित रुपन्देहीको गैडहवा तालका प्रचारप्रसार र पर्यटकीय प्रवर्द्धनका लागि सांस्कृतिक महोत्सव गरिने भएको छ । ८४ बिघा क्षेत्रफलमा फैलिएको ताल बुद्धजन्मस्थल लुम्बिनीबाट १२ किलोमिटर र बुटवलबाट ३२ किलोमिटर टाढा छ । 

गैडहवा तालको प्रचारका लागि सांस्कृतिक महोत्सव

तालमा पर्यटन प्रवद्धन गर्न र आर्थिक क्रियाकलाप बढाउन मंसिर २७ देखि ३० गतेसम्म विविध सांस्कृतिक महोत्सवसहित खुल्ला भलिबल प्रतियोगिता गर्ने आयोजक गैडहवा गाउँपालिका र शान्ति क्लबले जानाकारी दिए । महोत्सवमा पर्यटक आकर्षित गर्ने खालका विभिन्न स्थानीय परिकार, परम्परागत खाना र झाँकी राखिने गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले बताए ।

भलिबल प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका क्लबको सहभागिता रहने छ। प्रतियोगिताको विजेताले ७५ हजार , उपविजेताले ५० हजार, तेस्रोले ३० हजार तथा सान्त्वताले २० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष टंकप्रसाद बस्नेतले बताए ।

वि.सं. २०२० मा स्थानीय बलिराम यादवले उक्त क्षेत्रलाई तालको रूप दिएका थिए । तालमा अहिले जलाशययुक्त क्षेत्र ५० बिघा छ । मानवनिर्मित ताल अतिक्रमणमा पर्दै गएपछि गत वर्षबाट गाउँपालिकाले संरक्षण योजना बनाएको छ ।

तालको गुरुयोजनाअनुसार ४० करोडको लागत अनुमानसहित डीपीआर बनाउने काम भइरहेको छ । तालमा पर्यटक लक्षित २ वटा अटोमेटिक मेसिनजडित तथा २ वटा खुट्टाले चलाउने डुंगा सञ्चालनमा छन् ।

प्रकाशित : मंसिर १२, २०८० १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?