कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

कांग्रेस नवलपुरको सम्मेलनमा देउवासहितका शीर्ष नेता आउने 

नवीन पौडेल

नवलपुर — कांग्रेसका शीर्ष नेताहरु मंसिर ११ गते पूर्वी नवलपरासी (नवलपुर)मा आयोजना हुने जिल्ला भेलालाई सम्बोधन गर्न आउने भएका छन् । 

कांग्रेस नवलपुरको सम्मेलनमा देउवासहितका शीर्ष नेता आउने 

कांग्रेस पूर्वी नवलपरासीको प्रथम जिल्ला सम्मेलनमा सहभागी हुन सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता आउन लागेका हुन् । सम्मेलनबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस पूर्वी नवलपरासीका जिल्ला सभापति महेन्द्रध्वज जिसीले केन्द्रीय सभापति देउवासहित महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य शेखर कोइराला, पूर्वमहामन्त्री तथा क्षेत्र नम्बर १ का सांसद शशांक कोइराला सहभागी हुने बताए । सम्मेलनमा पार्टीको आन्तरिक गतिविधिसँगै जिल्लाको आर्थिक, सामाजिक र विकास निमार्णको विषयमा पनि छलफल हुने कार्यसूची छ ।

सम्मेलनको बन्द सत्रमा जिल्लाभरिका ९२ वडाका एक हजार नौ सय ७२ प्रतिनिधि सहभागी हुनेछन् भने खुला सत्रमा जिल्लाभरिका नेता कार्यकर्ता सहभागी हुने कांग्रेस नवलपुरले जनाएको छ ।

प्रकाशित : मंसिर ९, २०८० १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?