१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

माछाको संख्या बढाउन रुपन्देहीको दानव खोलामा छोडियो ५० हजार भुरा

अमृता अनमोल

बुटवल ­ — नदीमा माछाको संख्या बढाएर जैविक विविधताको संरक्षण गर्न भन्दै रुपन्देहीको दानव नदीमा ५० हजार माछाका भुरा छोडिएको छ । 

माछाको संख्या बढाउन रुपन्देहीको दानव खोलामा छोडियो ५० हजार भुरा

विश्व मत्स्य दिवसको अवसर पारेर मंगलबार लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले माछाका भुरा छोडेका हुन् । कृषि मन्त्री भण्डारीलाल अहिरले भूरा छोडेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

रुपन्देहीका अधिकांश खोला नालामा जथाभावी रासायनिक र प्लाष्टिक जन्य फोहोर मिसाउँदा जलासयहरुमा जलीय जीव र जलचरको संख्या कम भएको सरोकारवालाहरुको भनाइ छ।

यस्तो बेलामा जलासयमा माछाको संख्या बढाएर वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यकासाथ माछा छोडिएको मन्त्री अहिरले बताए ।

बाढी, पहिरो र अत्याधिक दोहनले खोलामा पानीको स्रोत घटिरहेको छ । यसले जलचर र जलीय जीवको संंख्यामा क्रमिक रुपमा असर गरिरहेको छ ।त्यसैमा बजार र कलकारखानाबाट निस्किने रासायनिक र प्लाष्टिकजन्य फोहोर सिधै खोलामा मिसाइएको छ । यसले जलीय जीव र जलचरको जीवन चक्रमा समस्या निम्त्याएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा. प्रवेशसिंह कुँवरले बताए ।

‘माछाको आहार बनाउन र उसलाई हुर्किन रासायनिक फोहोरले असर गरेको छ । यसैले माछाका भुरा छोडिएको हो’, उनले भने । माछाको संख्या कम हुँदै गएकाले खोलामा पाइने जलचरबाट आश्रित समुदायको आम्दानीको स्रोत गुमेको छ । उनीहरुको सहजताका लागि पनि हरेक वर्ष खोलाहरुमा माछाका भुरा छोड्ने गरिएको छ । डा. कुंवरका अनुसार पानीमा हुने प्राङ्गारिक पदार्थले फोहोर बढाउँछ । ती फोहोर माछा तथा अन्य जलचरले खाएर पानीमा शुद्धता कायम राख्छन् । पानीमा जीवजन्तुको कमी भए त्यो असर गुणस्तरमा आउँछ । माछा प्रशस्त भएको पानी मलिलो हुने हुँदा सिचाँईका लागि उपयुक्त मानिने मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्र, रुपन्देहीका प्रमुख महेशचन्द गुप्ताले बताए ।

माछाको संख्या कम हुँदै गएकाले खोलामा पाइने जलचरबाट आश्रित समुदायको आम्दानीको स्रोत गुमेको छ । उनीहरुको सहजताका लागि पनि हरेक वर्ष खोलाहरुमा माछाका भुरा छोड्ने गरिएको गुप्ताले जानाकारी दिए ।

प्रकाशित : मंसिर ५, २०८० १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?