कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

रुपन्देहीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु

अमृता अनमोल

बुटवल — रुपन्देहीमा भएको सवारी दुर्घटनामा परी २ जनाको  मृत्यु भएको  छ । मृत्यु हुनेमा  तिलोत्तमा उद्योग वाणिज्य संघका सल्लाहकार  माधवलाल देवकोटा र तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने यादा क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका देवकोटालाई तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलमा ट्रकले ठक्कर दिएको रुपन्देही प्रहरीले बताएको छ ।

लु ४९ प २२३० नम्बरको मोटरसाइकलमा सवार देवकोटा तिलोत्तमा उद्योग वाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाने क्रममा देवकोटालाई ना ६ ख ८१६१ ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट उनीसहित दुवैजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्रकको ठक्करले सडकमा पछारिएका दुवैलाई स्थानीयको सहयोगमा क्रिमसन अस्पताल लगिएको थियो । मृतकहरू दुवैको शव मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको छ ।

मृतक देवकोटा तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक थिए ।

प्रकाशित : मंसिर ४, २०८० १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?