कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

आक्रमणबाट तर्सिंदा बेहोस भएका दुई महिलाको उपचार जारी
कमल पन्थी

बर्दिया — बाघको आक्रमणबाट आइतबार बर्दियामा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुलसीराम अर्यालले बाघको आक्रमणमा २५ वर्षकी ममता सुनारको मृत्यु भएको जानकारी दिए ।

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

घाँस दाउराका लागि गएकी उनलाई आइतबार दिउँसो राजापुर नगरपालिका -१० सुकुम्बासी टोल नजिक नेपाल भारत सीमाना नजिक वनमा आक्रमण गरेको थियो । आक्रमण बाट गम्भीर घाइते सुनारको जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको उनले जनाए । उनीसँगै घाँस,दाउरा गर्न गएका अन्य २ महिला बाघको आक्रमणबाट तर्सिंदा बेहोस भएका छन् । उनीहरुको राजापुरमा उपचार भईरहेको डिएसपी अर्यालले जानकारी दिए ।


प्रकाशित : मंसिर ३, २०८० १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?