कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सन्जु पौडेल

बुटवल — बुटवलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१ शंकरनगर बस्ने २६ वर्षीय गोविन्द ढकाल रहेको प्रहरीले जनाएको छ ।

बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित सडकमा लु ४९ प ४४४ नम्बरको मोटरसाइकल अनियन्त्रितभई सोमबार राति विद्युत्को पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परी गम्भीर घाइते भएका ढकालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको चौराहा अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित : आश्विन १६, २०८० १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?