कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

वन्यजन्तुका साथै सवारीसाधन दुर्घटना कम गराउन टाइमकार्ड

रूपा गहतराज

नेपालगन्ज — बाँके राष्ट्रिय निकुन्ज भित्र पर्ने पूर्वपश्चिम राजमार्गमा वन्यजन्तुका साथै सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि  सोमबारदेखि टाईमकार्ड लागू गरिएको छ  । निकुञ्ज क्षेत्रभित्र सवारीसाधन दुर्घटना हुनुका साथै सवारीसाधनबाट वन्यजन्तु समेत जोखिममा परेपछि टाईमकार्डको व्यवस्था गरिएको हो ।

वन्यजन्तुका साथै सवारीसाधन दुर्घटना कम गराउन टाइमकार्ड

निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले बाँकेको राप्तीसोनारी गाउँपालिका ८ स्थित शम्शेरगञ्जको ओभरीदेखि कचनापुर जिरो प्वाइन्ट (खैरी चेक पोष्ट) सम्म टाइमकार्ड लागू गरिएको बताए । उनका अनुसार निकुञ्ज क्षेत्रभित्र १५ किलोमिटरको दुरीमा टाइमकार्ड लागू गरिएको छ ।

निकुञ्ज क्षेत्रमा सवारीसाधान र वन्यजन्तु पनि सवारी दुर्घटनाको उच्च जोखिममा परेको भन्दै निकुञ्ज आसपासमा रहेका स्थानीय, नागरिक समाज, व्यवसायीलगायत सम्बन्धित पक्षले टाइमकार्ड लागू गर्न सुझाव दिएका थिए । सोहीअनुसार टाइमकार्ड लागू गरिएको हो ।

सो निकुञ्ज बर्दिया, दाङ र सल्यान गरी तीन जिल्लासँग जोडिएको छ । विसं २०६७ सालमा बाघको वासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले घोषणा गरिएको बाँके राष्ट्रिय निकुञ्ज पाँच सय ५० वर्ग किलोमिटर फैलिएको छ । नेपालको दशौं राष्ट्रिय निकुञ्जको रुपमा यसलाई घोषणा गरिएको हो ।

प्रकाशित : आश्विन १५, २०८० १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?